Logo

Breaking News 1

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ । समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए ।

प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो । विहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ५ : ४० बजे