काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ ।
बुधबार ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको नेप्से आज ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो । यद्यपी, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि घटेको छ ।
बुधबार ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३११ स्टकको ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर मात्र खरिद विक्री भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स आज २.१९ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.०२ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.८५ अंकले बढेको छ ।
यस दिन नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९४.२० रुपैयाँमा अन्तिम करोबार भएको छ । खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३१.०१ रुपैयाँले बढेर ४६३.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सम्वृद्धि फानान्सको शेयर मूल्य ३४.३१ रुपैयाँले बढेर ५१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । भुगोल इनर्जी विकास कम्पनीको र सयपत्रि हाइड्रोको शेयर मूल्यमा पनि क्रमशः ४५.१३ रुपैयाँ र ४१.५१ रुपैयाँले बढेर प्रतिकित्ता ७१०.५९ र ६७३.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस दिन साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर विकास बैंक, बुटवल पावर कम्पनी र राधि जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र सप्तकोशी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ ।
गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २४९.८८ रुपैयाँले घटेर २२६०.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सप्तकोशी विकास बैंकको शेयर पनि प्रतिकित्ता १२२.२५ रुपैयाँले घटेर ११००.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रतिक्रिया