Logo

Breaking News 1

गाजामा विरामी वा घाइते भएकाहरु उपचारका लागि जोर्डनमा



एजेन्सी । गाजा पट्टीमा घाइते भएकाहरु चिकित्सा उपचारका लागि जोर्डन आइपुगेका छन् । जसमध्ये १९ जना बालबालिका छन् । जोर्डनको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको समन्वयमा ४० परिवारका सदस्यहरूलाई व्यावसायिक चिकित्सा टोलीहरूबाट उपचार प्राप्त गर्नेछन् ।

बिरामी वा घाइतेहरूलाई स्थानीय सार्वजनिक र निजी अस्पतालहरूमा स्थानान्तरण गरिनेछ । उपचारपछि उनीहरुलाई तुरुन्तै गाजा फिर्ता पठाइनेछ । ‘हामी जोर्डन आइपुगेका छौं, बाटोमा संलग्न सबैले गरेको प्रयास र हेरचाहको लागि हामी आभारी छौं। यात्रा आरामदायी रह्यो र हामी सुरक्षित रूपमा आइपुग्यौं। हामी जोर्डनमा उपचार पूरा गर्ने आशा गर्छौं,’ एक बिरामीको परिवारका सदस्यले भने ।

‘मेरो छोरा विस्फोटक गोली लागेर घाइते भएको थियो । जसको १० सेन्टिमिटरको हड्डी भाँचिएको थियो । थप उपचारबारे अनिश्चित छु । उसको उपचार जोर्डनमा वा जर्मनीमा गरिनेबारे थाहा छैन्’ अर्का बिरामी परिवारले सीसीटीभीसँग भने ।
यस वर्षको फेब्रुअरीमा गाजाबाट दुई हजार गम्भीर घाइते वा बिरामीहरूलाई उपचार गर्ने पहल जोर्डनले अगाडि बढाएको थियो । मार्चदेखि यता २४६ जनालाई उपचार गरिएको जनाइएको छ ।

यद्यपि, प्राविधिक र बन्दोबस्तीका चुनौतीहरूका साथै इजरायलले लगाएको प्रतिबन्धात्मक उपायहरूका कारण, प्रक्रियालाई अगाडि बढाउन केही अवरोधहरू आएको जनाइएको छ । विशेष गरी, इजरायलले गरेको निरन्तर सैन्य कारबाहीले गर्दा यातायातको असुविधा र एकै ठाउँमा भेला गराउन समस्या भइरहेको जनाइएको छ ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  २ : ३१ बजे