एजेन्सी । रुस–युक्रेनबीचको तनाव जारी छ । बुधबार रुसले आफ्नो सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्रहरुमा आक्रमण गरेको दाबी गरेको छ । युक्रेनले पनि रुसी जासुसी टोलीहरूलाई पराजित गरेको प्रतिवेदन दिएको छ ।
रुसी रक्षा मन्त्रालयले बुधबार आफ्नो दैनिक ब्रिफिङमा वितेको एक दिनमा रुसी सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्र, ड्रोन एसेम्बली कार्यशालाहरू, गोदामहरू, हतियार र गोलाबारुद डिपोहरूमा आक्रमण गरेको उल्लेख गरेको छ ।
रुसी वायु रक्षा बलहरूले सात अमेरिकी निर्मित जेडिएम स्मार्ट बमहरू रोकेको दाबी गरेको छ । र १३१ युक्रेनी मानवरहित हवाई सवारी साधनहरू खसालेको जनाएको छ ।
उक्त दिन युक्रेनी सशस्त्र बलका जनरल स्टाफले जनाए अनुसार रूसी सेनाले निप्रोपेट्रोभस्क ओब्लास्टको डाच्ने गाउँमा प्रवेश गर्ने प्रयास विफल पारेको छ । (सीसीटीभी)
प्रतिक्रिया