काठमाडौं । संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६० औँ बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ ।
बैठकमा समितिका सभापति किरणकुमार साहले मानव सभ्यता र संस्कृतिसँग जोडिएको मानव बेचबिखन अहिले गम्भीर समस्याको रूपमा देखा परेको बताए । उनले भने, ‘हामीले कानुन त बनायौं, तर कार्यान्वयन पक्षमा चुनौति देखिन्छ । महिला दिदीबहिनीहरूलाई अन्य मुलुकमा अनैतिक रूपमा ओसारपोसार गरी बेचबिखन गर्ने कार्य अझै रोकिएको छैन ।’
सभापति साहले भारत, कुवेत, इरान, दुबईलगायतका मुलुकमा नेपाली महिला बेचबिखनको शिकार भइरहेको बताए । हजारौं नेपाली नागरिकहरू त्यहाँ अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि गम्भीर ढंगले ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘भारतलगायत कुवेत, इरान, दुबईलगायतका देशमा हाम्रा दिदीबहिनीहरु बेचबिखनका सिकार भएका छन् । यसलाई गम्भीर चासोको साथ हेर्नुपर्छ । विधायक बनाउँदाखेरि संवेदनशिल बन्नपर्छ ।’
प्रतिक्रिया