काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा सम्बन्धी छानबिन गर्न बनेको समिति झारा टार्ने खालको मात्र भएको बताएका छन् ।
शनिबार भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विशेष छलफल पश्चात उनले यो समितिले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न नसक्ने बताए ।
उनले भने, ‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुन समिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालको समिति छ । यसले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैँन् भनेर निष्कर्ष निकालेको छ । संसद हाम्रो आन्दोलन जारी नै रहने छ ।’
प्रतिक्रिया