काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । शनिबार प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
आज बिहान ११ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘भन्सार विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, दिउसो १ बजे बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया