Logo

Breaking News 1

अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा



काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो ।

इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ । त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ ।

विश्लेषकहरूका अनुसार इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गर्छ भने यो विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ ।

ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड २.८ प्रतिशतले बढेर ७५.९८ डलर पुगेको छ ।

एसियाली बजारमा पनि गिरावट देखिएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले घटेको छ । सियोल १.४ प्रतिशतले र सिड्नी ०.७ प्रतिशतले तल झर्यो, जापान बाहेक एशिया–प्रशान्त क्षेत्रको SCI एससिएल सूचकांक पनि ०.५ प्रतिशतले घटेको छ । यसबीच अमेरिकी बजारले भने केही स्थिरता देखाएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ५८ बजे