Logo

राजनीति

अमरेश कुमारको अभिव्यक्तिपछि सदनमा नाराबाजी



काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ ।

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरित रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनले एमालेलाई लक्षित गर्दै देशप्रति गद्दार भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए ।

त्यसै सन्दर्भमा विवाद भएपछि सभामुख देवराज घिमिरले वक्ता अमरेश कुमार सिंहलाई ‘ड्यास छाडेर तल जानू’ भनी निर्देशन दिए । सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि उनलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ३३ बजे