Logo

Breaking News 1

राप्रपा र रास्वपाको अवरोधकाबीच अघि बढ्यो संसद् बैठक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले विरोध जारी राखेका हुन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै रास्वपा र राप्रपाले लामो समयदेखि बैठकमा विरोध जनाउँदै आएका छन् । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ४३ बजे