Logo

Breaking News 1

सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु, १८ जना घाइते



चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : १२ बजे