Logo

Breaking News 1

आज विश्व सङ्गीत दिवस मनाइँदै



काठमाडौं । आज संसारभर विश्व सङ्गीतदिवस मनाइँदैछ । हरेक वर्ष जुन २१ तारिखमा यो दिवस मनाइन्छ । नेपालमा २०४५ सालदेखि नियमितरुपमा सङ्गीत दिवस मनाउन थालिएको हो ।

विश्व सङ्गीतदिवस पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा मनाइएको थियो । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ ।

सङ्गीत एउटा विश्वव्यापी भाषा हो । नेपाल बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश हो । यहाँ मादल, सारङ्गी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिकता थप्ने बाजाहरू आज पनि बजाइन्छन् ।

यस वषको नारा ‘सद्भाव मार्फत उपचार’ भन्ने छ जसले संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक एकताको सन्देश दिन्छ ।

यसले संगीतले पीडा कम गर्न, भावनात्मक थकान हटाउन र समुदायबीच मेलमिलाप गराउन सक्ने शक्ति रहेको जनाउँछ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : २४ बजे