Logo

राजनीति

संघीय निजामती विधेयक यही अधिवेशनमा पारित हुन्छ : मन्त्री गुप्ता



रौतहट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने बताएका छन ।

उनले विधेयक सदनमा टेबुल भइसकेकाले अबको आउने कार्यसूचीमा संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने ठोकुवा गर्दै यहि महिना तथा  आधिवेशनको अन्त्यतिर देशमा संघीय निजामती विधेयक आउने बताए ।

रौतहटको गरुडा नगरपालिकाको नगर अधिवेशनमा उनले भिजिट भिषा प्रकरणका बारेमा बोल्दै अख्तियारले गम्भीर रुपमा छानविन गर्दै आएकाले छानविनको सुइँ कहाँ ÷कहाँ पुग्छ सबै कारवाहीको घेरामा पर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको नैतिकताको आधार देखाएर राजीनामा माग्नु जायज नभएको तर्क राखे ।

अहिलेका गृहमन्त्री स्वच्छ छविका भएको उनले  टिप्पणी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि पाँच वटा ठगीको मुद्दा लागेर जेलमा रहेको उल्लेख गर्दै उनले नैतिकताको पाठ सिकाउने अध्यक्ष रबि लामिछानेले राजीनामा नदिएको प्रसंग पनि जोडे ।

गरुडा नगरपालिकाको १३ औं नगरसभा तथा ९ औं वजेट अधिवेशनबाट आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि नीति तथा कार्यक्रममार्फत कुल ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

कार्यक्रम मार्फत कृषि, स्वास्थ्य र शिक्षालाई बिशेष प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : १० बजे