पोखरा । पोखरा महानगरपालिका–३१, बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटलमा उपलब्ध खाना, पेय पदार्थ र आवास सेवामा छुट पाउने छन्।
सम्झौतापछि बैंकका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले खाना र पेय पदार्थमा १० प्रतिशत तथा आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा होटल हिमालय सेरेन भ्युमा प्रत्यक्ष रूपमा उपलब्ध हुनेछ।
सम्झौतापत्रमा होटल तर्फबाट प्रोप्राइटर अनिल ढकाल र प्रभु बैंक तालचोक शाखाका प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्।
प्रभु बैंक हाल देशभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। “बिश्वास लिन्छौं, विश्वास दिन्छौं” नाराका साथ सेवा दिँदै आएको बैंकले हालसालै “बैंक अफ द इयर २०२३” तथा “फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४” अवार्ड प्राप्त गरेको छ। बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय तथा प्रतिस्पर्धात्मक सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रतिक्रिया