Logo

Breaking News 1

आजदेखि त्रिदेशीय टी-२० क्रिकेट शृंखला सुरु हुँदै, नेपालले सोमबार खेल्ने



काठमाडौं । आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ । स्कटल्यान्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् ।

खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउने छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ४० बजे