Logo

Breaking News 1

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै



काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रस्तावलाई सभामुख तुलाराम घर्तिमगरले निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ८ : ०० बजे