आज मिति २०८२ जेठ ४ गते, आइतबार, १८ मे २०२५। ज्येष्ठ कृष्णपक्ष षष्ठी तिथि। उत्तराषाढा नक्षत्र, १६ः०६ बजेपछि श्रवण। चन्द्रराशि मकर।
मेष राशि
विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।
बृष राशि
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।
मिथुन राशि
आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।
कर्कट राशि
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
सिंह राशि
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ।
कन्या राशि
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मिहिनेतले पहिलेकैे स्थितिमा सुधार आउनेछ। बिस्तारै काम बन्नेछ।
तुला राशि
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
बृश्चिक राशि
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ।
धनु राशि
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मकर राशि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कुम्भ राशि
अवसरका लागि दौडधुप गर्नुपर्ला। अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
मीन राशि
मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ।
प्रतिक्रिया