Logo

Breaking News 1

कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन् : खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादी पार्टीका नेता झलनाथ खनालले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

शनिबार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको देश भक्तिपूर्ण दृष्टिकोण अविस्मरणीय रहेको भन्दै कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान पुर्याएको बताएका हुन् ।

उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनभित्र गलत विचार र चिन्तनसँग लड्ने कुराहरुमा ठुलो योगदान पुर्याउनुभयो र कम्युनिष्ट आन्दोलनलाई सडक साथै सदन दुबै क्षेत्रबाट अगाडि बढाउने कुरामा पनि उहाँहरुले महत्वपूर्ण योगदान दिनुभयो । खासगरि कमरेड मदन भण्डारीलाई सम्झिंदा उहाँको देशभक्तिपूर्ण आन्दोलन, देशभक्तिपूर्ण दृष्टिकोण बडो अविस्मरणीय छ ।’

उनले नेता भण्डारीले नेपाली कांग्रेसको सरकारले भारतसँग टनकपुर सन्धिको नाममा अपमानजनक गरेको सन्धिको भण्डाफोर गर्ने काम त्यतिबेला महत्वपूर्ण रहेको बताए ।

‘हामीले संसदमा त्यतिबेला आठ घन्टा उभिएर टनकपुर सन्धिको विरोध गरेका थियौं । संसदीय संघर्ष गरेका थियौँ । नेपालको इतिहासमा नै अविस्मरणीय छ । जुन संघर्षको परिणाम स्वरुप असफल भयो । सो संघर्षलाई देशभक्तिपूर्ण भावनाको उचाइलाइ सम्मान गर्न चाहन्छु,’ उनले भने ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ३ : ५८ बजे