बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका २ नम्बर वडामा निर्मित आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ । भवनको संविधानसभा सदस्य पेम्बा गुरुङ भोटेले गरेका हुन् ।
उदघाटन समारोहमा बोल्दै गुरुङले स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्ने बताए ।
‘हाम्रो माग अब साकार बन्दैछ । बुढीगंगाले जुन खालको सहमती र सहभागिताको माध्यमबाट विकासलाई अघि बढाएको छ, त्यो अरु स्थानीय तहका लागि पनि उदाहरणीय छ ।’
कार्यक्रममा संविधान सभा सदस्य गुरुङले सबै राजनीतिक दलहरूबिचको सहकार्य र स्थानीय जनप्रतिनिधिहिरूको साझा प्रयासले सम्भव भएको भन्दै आगामी दिनमा पनि यस्ता काममा निरन्तरता दिनुपर्ने बताए ।
उनले स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति, औषधी र उपकरणको समेत सुनिश्चितता गर्न सरकारलाई आग्रह गरे ।
‘भवन निर्माण गरेर सेवा प्रवाहमा गुणस्तर ल्याउने पहल गरेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ । यसले विकासको नयाँ ढोका खोल्नेछ । अब भवन मात्रै होइन, सेवा प्रवाहमा पनि उत्कृष्टता ल्याउनु आवश्यक छ । स्थानीय सरकार नागरिकसँग नजिकको सरकार हो, यसको जवाफदेहीता अझ बढ्नुपर्छ,’ उनले भने ।
यसै क्रममा, नगरपालिकमा भित्रका २, ४, ५, ९ र १० नम्बर वडाका कार्यालयहरू, २ र १० नम्बर वडामा निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू, र बुढीगंगा सीप विकास तालिम केन्द्रको पनि औपचारिक उदघाटन गरिएको छ ।
प्रतिक्रिया