Logo

Breaking News 1

जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुन: पशुपति



जनकपुर । जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् । शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि आइतवार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् ।

निकट प्रतिद्वन्दी सत्रुधन यादवलाई ४ मतले हराउँदै उनी विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा शहिनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन् ।

त्यसै गरि सचिवमा रामनारायण कापडी विजयी भएका छन भने उपसचिवमा राम विहारी यादव र शशिचन्द्र यादव विजयी भएका छन भने । त्यसैगरि कोषाध्यक्ष पदमा सुजिता यादव विजयी भएका छन् ।

यता मुस्लिम सदस्यमा रहमत राइन, आमिन खान र नइम शेष विजयी भएका छन ।महिला र जनजाति सदस्य यस अघिनै निर्विरोध निर्वाचित भइ सकेका छन भने खुल्ला सदस्यको मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : १८ बजे