Logo

कला/साहित्य

मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका हो : मीना पौडेल


२६ बैशाख २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । समाजवादी विश्लेषक मीना पौडेलले आफ्नो पुस्तक ‘साहस’ को चर्चा गरेकी छन् ।शुक्रबार शिक्षा पत्रकार समूहको सभाहलमा लेखक पौडेलले पुस्तक ‘साहस’ को चर्चा गरेकी हुन् ।

उक्त पुस्तकको चर्चा गर्दै पौडेलले रिर्सचका लागि आफ्नो पुस्तकले महत्वपूर्ण  भूमिका खेल्ने बताइन् । उनले नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको अहिलेसम्मको बुझाईलाई पूरै नयाँ तरिकाले समेटेको समेत बताइन् ।

उनले भनिन् ‘नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको अहिलेसम्मको बुझाईलाई पूरै नयाँ तरिकामा समेटेको छ । नेपालको राजनीतिक पद्धति, सामाजिक सांस्कृतिक संक्रमणकाल यो आप्रवासनको  बेतिथिमा मानव बेचबिखन के हो भनेर यो  पुस्तकले नयाँ परिभाषा दिएको छ । यो  पुस्तकले रिर्सचका लागि भूमिका खेल्ने छ ।’

साथै उनले  यो पुस्तकमा ज्ञानका थुप्रै पाटाहरु समेटिएको समेत बताइन् । उनले नेपालमा यस्तो खाले पुस्तक पहिलो भएको पनि दाबी गरिन् ।

उनले भनिन्, ‘नेपालमा यस्तो खाले पुस्तक पहिलो हो जसले केवल घटनाको विवरण होइन, गहिरो विश्लेषण र वैकल्पिक दृष्टिकोण पनि प्रस्तुत गर्छ । यो पुस्तक अनुसन्धानकर्ताहरूका लागि पनि सन्दर्भ सामग्री बन्नेछ । यो केवल व्यक्तिगत अनुभवको किताब होइन, बरु समष्टिगत पीडाको अभिव्यक्ति हो ।’

कार्यक्रममा सहभागी पत्रकार र शोधकर्ताहरूले पनि पुस्तकको विषयवस्तुलाई नेपालजस्तो मुलुकमा गम्भीर बहस सुरु गर्ने आधारको रूपमा लिन सकिने धारणा राखे ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ४९ बजे