काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक १२:१५ बजे बस्नेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२र०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया