काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई विनाकारण पाँच घण्टा हिरासतमा राखिएको विषयमा सरकारको आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यले मधेशी, थारुलगायतका समूदायलाई जहिल्यैपनि अन्याय गरेको टिप्पणी गरेका हुन् ।
उनले भने,‘अचानक रेशम चौधरीलाई गिरफ्तार गरियो । त्यसको कुनै कारण छैन् । एउटा फाल्तु चिठ्ठी देखाएर त्यसैलाई आधार मानेर जेल हालियो । रेशम चौधरी र सीके राउत त पार्टी एकीकरणको लागि प्रज्ञा प्रतिष्ठानमा एक भएका थिए । तर राज्यले मधेशी, थारुलगायतका समूदायलाई जहिल्यैपनि अन्याय किन गर्छ ।’
साथै उनले राज्यले जहिल्यैपनि आफूलाई विजेताको रुपमा प्रस्तुत गरेको र आफूहरुलाई पराजितको रुपमा व्यवहार गरिएको बताए । उनले आफूहरुको पीडा कसलाई सुनाउने भन्दै प्रश्न समेत गरे ।
प्रतिक्रिया