काठमाडौं । प्रतिनिधिसभाका बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने छ । आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय, बिधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकारी समितिको प्रतिबेदन सहितको केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने तथा सो बिधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिबेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया