वसन्तको मीठो झल्कोले राजधानी काठमाडौंलाई ढकमक्क पार्ने बेला आएको छ । सिंहदरबार वरिपरि, सडक किनाराका रुखहरू अहिले निलो–बैजनी फूलले सजिएका छन् ।

यिनै रुखहरू हुन् — ज्याकाराण्डा, जसले शहरलाई नयाँ सौन्दर्यको दृश्य बनाइदिएको छ। सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् ।

सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।






तस्विरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक
प्रतिक्रिया