काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत रहेको बताएका छन् ।
डिजिटल युगमा नेपाली पर्यटनमा महिलाहरू विषयक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति भनेको अभौतिक वा अर्मूत नदेखिने तर शक्तिशाली पहिचानको एउटा बाहक विषय भएको बताएका हुन् ।
उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत छ । संस्कृति भनेको अभौतिक अर्मूत नदेखिने तर शक्तिशाली पहिचानको एउटा बाहक हो । साथै नागरिक उड्डयन क्षेत्र आकाशमा प्लेन उड्नु विज्ञानका लागि अत्यन्त उपलब्धिको उत्कर्ष हो । यस बीचमा पर्यटन, संस्कृति, प्रकृतिको क्षेत्र धेरै नै गम्भिरताका साथ बुझ्ने कोशिस गरेको छु ।’
यसैगरी उनले धैर्यताले सुन्न सकियो भने मात्र आफूले हरेक कुरा ग्रहण गर्न सकिने बताए । उनले काम गर्दैगर्दा चुनौति र सम्भावनाहरु सँगसँगै देखिने समेत बताए ।
उनले भने, ‘धैर्यताले सुन्न सकियो भने मात्र आफूले हरेक कुरा ग्रहण गर्न सकिन्छ । काम गर्दै जाँदा चुनौति र सम्भावनाहरु सँगसँगै देखिने कुराहरु हुन् । सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने अहिले विदेश पलायन भइरहेको सन्दर्भमा संख्यात्मक दृष्टिकोणले पनि गाउँमा तुलनात्मक रुपमा महिलाको संख्या धेरै भएकाले उद्मशिलता नै अर्थतन्त्रको आधार हुनसक्छ ।’
प्रतिक्रिया