Logo

Breaking News 1

मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु



हेटौंडा । मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना स्थालमै मृत्यु भएको हो । अरु १३ जना यात्रु घाइते भएका हुन् ।

आज विहान १ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौं तर्फबाट हेटांैडा तर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडीमा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षकी निलम देवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी सर्लाही बागमती गाउँपालिका वडा नंबर– ७ बस्ने १३ वर्षकी मानुसी मगरको घटनास्थलमानै मृत्यु भएको हो । उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ५ बजे मात्र दुर्घटनास्थल नजिक खोल्सामा मृत अवस्थामा फेला परेको थियो ।

दुर्घटनामा घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ ।

सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए । गाडी पूर्णरुपमा क्षति भएको छ । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : २५ बजे