काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
जारी सिजनमा बेंगलुरु र पञ्जाब दुवैले समान ६ खेल खेलेका छन् र दुवै टोलीले ४ जित तथा २ हार बेहोरेका छन्। दुवैको समान ८ अंक भए पनि नेट रनरेटका आधारमा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन् ।
बेंगलुरुलाई आज घरेलु मैदानमा जित निकाल्ने दबाब हुनेछ किनकि यसअघि दुवै हार उसले आफ्नै मैदानमा भोगेको छ। यद्यपि, दुवै टोली आफ्नो पछिल्लो खेलमा जित हासिल गर्दै आज भिड्न लागेका हुन् । आजको खेल जित्ने टोलीलाई अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर छ ।
प्रतिक्रिया