Logo

Breaking News 1

काठमाडौंसहित यी स्थानमा हुने छ आज वर्षा



काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : २० बजे