Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययन तथा लेखनमा प्रगति हुनेछ र मिहिनेतले मनग्य फाइदा पनि दिलाउनेछ।

वृष
अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम भए पनि उपलब्धि जोगाउन सकिनेछ।

मिथुन
 नयाँ याेजना थाल्ने अवसर छ। प्रियजनसँग भेटघाट हुनेछ। आफन्तकाे साथ–सहयाेग जुट्नाले उपलब्धि हातपार्न सकिनेछ।

कर्कट
दिगो काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

सिंह
आम्दानीका स्रोत बढ्नुका साथै दिगो काम थालनी हुन सक्छ। भौतिक साधन जुट्नाले जाेशजाँगर बढ्नेछ। पेसा–व्यवसायमा राम्रै लाभ हुनेछ।

कन्या
घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो ल्याउन सक्छन्, सजग रहनुहाेला।

तुला
 प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। अनुभवले ज्ञान बढ्नेछ र मिहिनेतले आम्दानीको स्रोत जुट्न सक्छ। व्यापार र उद्योगमा फाइदा उठाउन सकिनेछ।

वृश्चिक
लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। राेकिएकाे काम सम्पादन हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ।

धनु
तारिफयोग्य कामले चाँडै लोकप्रियता दिलाउनेछ। साथीभाइसँग रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुने समय छ।

मकर
समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। तापनि प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। परोपकारी काममा रकम खर्च हुनेछ।

कुम्भ
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आयस्रोत बढ्नाले समस्या समाधान हुनेछन्।

मीन
 व्यापार बढ्नेछ र नयाँ जिम्मेवारी हातपार्न सफल भइनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। कामले प्रसिद्धि बढाउनेछ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ३० बजे