Logo

Breaking News 1

आईपीएल क्रिकेटमा आज मुम्बइ र हैदराबाद खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दैछन् ।मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जीत र ४ मा हारसहित ४ अङ्कका साथ सातौं स्थानमा छ ।
समान खेलमा समान अङ्क रहेको हैदराबाद रनरेटका आधारमा तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १० : २१ बजे