Logo

मुख्य समाचार

पोखरामा गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको क्षमा पूजन सम्पन्न



पोखरा । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको क्षमा पूजन भएको छ ।

बुधबार बैशाख ३ गते लेकसाइडमा महायज्ञको क्षमा पूजा र बिरौटामा भूमि पूजा गरिएको हो ।मानवसेवा फाउण्डेशनको आयोजना हुने वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम अन्य धार्मिक कार्यक्रमहरु जारी छन् ।

कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ ।

यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।

कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुनेछ । विजय कृष्णमूर्तिको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेसनले यसअघि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको बाराही घाटमा ‘ऐतिहासिक कोटिहोम गर्ने तयारी गरेपनि पछि बिरौटीमा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : १४ बजे