Logo

खेलकुद

बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता बैशाख ५ र ६ गते दशरथ रंगशालामा



काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा ‘बागमती वारियर्स-बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता २०२५’ बैशाख ५ र ६ गते राजधानीस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने भएको छ ।

बागमती प्रदेशभरिका उत्कृष्ट पावरलिफ्टरहरूबीच प्रतिस्पर्धा हुने यस प्रतियोगिता आगामी अगस्टमा काठमाडौंमा हुने एशियन पावरलिफ्टिङ प्रतियोगिताका लागि छनोटको आधार समेत हुनेछ ।

पुरुषतर्फ ५९ केजी मुनिदेखि ८३ केजी माथिसम्म र महिलातर्फ ५७ केजी मुनिदेखि ६९ केजी माथिसम्म गरी विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ। साथै मास्टर ९५० वर्ष माथि०, सब जुनियर ९१८ वर्ष मुनि० र जुनियर ९२३ वर्ष मुनि० गरी उमेर समूहअनुसारका वर्गहरू पनि समावेश गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १३ वर्गमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक तौल समूहका विजेतालाई नगद रू। २०,०००, दोस्रोलाई रू। १५,००० र तेस्रोलाई रू। १०,००० प्रदान गरिनेछ। उमेर समूहका विजेताहरूलाई क्रमशः रू। ३०,०००, रू। १५,००० र रू। १०,००० पुरस्कार दिइनेछ। साथै, पुरुष र महिला ओपन श्रेणीका समग्र विजेता ९इखभचििब ध्ष्ललभच० ले नगद रू। १,००,००० पुरस्कारसहित मेडल, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा करीब १५० भन्दा बढी खेलाडी, ८० खेल अफिसियल तथा भलुन्टियर र १०००–१५०० दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । कुल रू ६,९५,००० नगद पुरस्कार वितरण गरिनेछ भने समग्र कार्यक्रमको अनुमानित बजेट रू। २५ लाख रहेको आयोजकले जनाएको छ ।

आयोजकले पावरलिफ्टिङ खेलप्रेमी, प्रशिक्षक, खेलाडी तथा दर्शकहरूलाई कार्यक्रममा उपस्थित भई प्रतियोगिताको शोभा बढाउन हार्दिक अनुरोध गरेको छ । आयोजकका अनुसार यो प्रतियोगिताले नेपाली पावरलिफ्टिङको भविष्य उजागर गर्दै अन्तर्राष्ट्रिय मञ्चमा अगाडि बढ्ने बाटो तयार पार्नेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : २२ बजे