रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा नेपालमा कुनै पनि पार्टीमा गठबन्धनको अनुभव राम्रो नभएको टिप्पणी गरेका छन ।
बारा निर्वार्चन क्षेत्र नं –३ द्धारा बडहर्वाको खेल मैदानमा बुधबार आयोजित क्षेत्रिय सम्मेलनमा बोल्दै उनले कांग्रेसले माओवादीसग मिलेर चुनाव लडेको तर अहिले एमालेसग सरकारमा रहेको उल्लेख गरेका छन ।
यसअघि एमाले र माओवादी बिच गठबन्धन मात्र नभई पार्टी नै एक बनाएको बताउदै उनले गठबन्धनको राम्रो अनुभव नभएको बताए ।
महामन्त्री थापाले प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक सम्म वा तिन÷ चार दिनमा एक पटक भएपनि सरकार टिक्क छ भन्नु पर्ने बाध्यता रहेको बताए ।
उनले भने, ‘जति बलियो गठबन्धनको सरकार भएपनि टिक्क छ÷ टिक्क छ, हिजो बेलुकासम्म नटिक्ला जस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भन्नु पर्ने बाध्यता छ ।’
उनले अबको ०८४ सालको चुनावमा कुनै पनि पार्टीले गठबन्धनको कल्पना समेत नगर्ने परिपाठीको विकास हुन जरुरी रहेको औल्याए ।
प्रतिक्रिया