काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। कम्पनीले यसअघि संस्थापक शेयरधनीहरूलाई मात्र खरिदका लागि अवसर दिएको भए पनि तोकिएको समयभित्र आवश्यक आवेदन नपरेपछि सर्वसाधारण व्यक्तिहरू तथा संघसंस्थालाई समेत खुला गरेको हो।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी ३५ दिनभित्र कुमारी क्यापिटल, नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सक्नेछन्।
बैंकले संस्थापक शेयर सर्वसाधारणलाई खुला गरेर थप लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्य राखेको जनाएको छ।
प्रतिक्रिया