Logo

Breaking News 1

एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावको साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

यस्तै, आज दिउसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : १३ बजे