Logo

Breaking News 1

नेपाल सुपर लिग : आज चितवन र ललितपुर भिड्दै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र ललितपुर सिटी एफसी भिड्दै छ ।
खेल बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुने छ ।

प्रतियोगितामा दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आजको खेलमा चितवन तेस्रो जितको खोजीमा रहँदा ललितपुर दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

चितवनले दुईमा जित र एकमा बराबरी गर्दै सात अङ्क जोडेको छ भने ललितपुरले एक जित र दुई बराबरीसहित पाँच अङ्क निकालेको छ ।

जारी प्रतियोगितामा एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी रहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ७ : २५ बजे