Logo

समाचार

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज(मंगलबार) राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् ।

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम  आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि, चैत्र १८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ३५ बजे