Logo

समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ । बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १० : १८ बजे