काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक गणतन्त्रमा जनताले सरकारलाई प्रश्न गर्न पाउने र सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब नेपालको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले राजतन्त्रमा हुकुम नै कानन हुने भन्दै लोकतान्त्रिक गणतन्त्रमा जनताले प्रश्न गर्न पाउने बताएका हुन् ।
‘म आग्रह गर्न चाहन्छु जनताबाट निर्वाचित पद्धति जनताको नियन्त्रण रहन्छ । जनताले प्रश्न गर्न पाउँछन् । जुन पद्धतिले जनताबाट निर्वाचित प्रतिनिधिले जवाफ दिनुपर्छ । आलोचनालाई स्वीकार गनुपर्छ । पद्धतिविरुद्ध, संविधान भन्दा माथि राजतन्त्र पद्धति नै उचित होला भनेर भ्रममा परियो भने देश थप अध्यारोतर्फ जान्छ,’ उनले भने ।
उनले पद्धतिलाई ठिक गर्न, कमजोरीलाई सुधार गर्न र यसैलाई असल लोकतान्त्रिक रुपमा विकसित गर्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया