काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
शुक्रबार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी शुक्रबार तोलाको दुई हजार ४० रुपैयाँ पुगेको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया