पोखरा । फागु पूर्णिमाका दिन पोखराको लेकसाइडस्थित फेवातालको किनारमा रहेको फुटट्रयाकमा भएको झडपमा संलग्न रहेको आरोपमा वडा प्रहरी कार्यालय बैदामाले चार जनालाई पक्राउ गरेको छ ।
झडपका क्रममा एक युवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १५ का चार जना युवालाइ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्ने युवाहरुमा पोखरा १५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, सोही ठाउँका २१ वर्षीय ईरान भन्ने प्रितम गुरुङ र २० वर्षीय महेश गुरुङ रहेको प्रहरीले जनाएको छ ।
सो घटनामा खुकुरी प्रहार गरी भागेका चितवन स्थायी घर भई हाल पोखरा १५ बस्ने १९ वर्षीय अरबिन परियारलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया