Logo

कर्पोरेट

स्वाभिमान लघुवित्तले ५.२६% लाभांश घोषणा गरेको छ



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो गत आवको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। यस अन्तर्गत ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेपछि र कम्पनीको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १ : ३३ बजे