Logo

समाचार

काठमाडौं सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने १७ जना पक्राउ



काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं ५ स्थित यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा केही व्यक्तिहरुले सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिँदै अभद्र व्यवहार गरेको खबर प्राप्त भएको छ। उक्त घटनाको आधारमा प्रहरी टोली खटिएको थियो र संलग्न १७ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

पक्राउ परेका व्यक्तिहरू:

१. अभिषेक चौधरी २८ वर्ष०, झापा, बिर्तामोड न.पा. ६ निवासी, हाल काठमाडौंका चन्द्रागिरी नगरपालिका ५ बस्ने।

२. विशाल लामा योन्जन २२ वर्ष०, मकवानपुर, थाहा न.पा. ५ निवासी, हाल काठमाडौंका चन्द्रागिरी नगरपालिका ५ बस्ने।

३. सन्तोष कुमार बम्जन २४ वर्ष०, ऐ, निवासी, हाल ऐ बस्ने।

४. बिक्की चौधरी ३४ वर्ष०, कैलाली, लम्किचुहा न.पा. ७ निवासी, हाल ललितपुर नगरपालिका ४ बस्ने।

५. दोर्जे लामा २० वर्ष०, काठमाडौं, गोकर्णेश्वर नगरपालिका १ निवासी।

६ सुदीप तामाङ २४ वर्ष०, ऐ, निवासी, हाल ललितपुर नगरपालिका ४ बस्ने।

७. कुशल मोक्ताङ २५ वर्ष०, ऐ, जिल्ला चन्द्रागिरी नगरपालिका ४ बस्ने।

८. बिशाल सिंह बिष्ट २४ वर्ष०, कञ्चनपुर, कृष्णपुर नगरपालिका ८ निवासी, हाल काठमाडौंका चन्द्रागिरी नगरपालिका ८ बस्ने।

९. पवन तामाङ २२ वर्ष०, काठमाडौं, चन्द्रागिरी नगरपालिका ८ निवासी।

१०. बिनायक के.सि. २३ वर्ष०, ऐ बस्ने।

११. बादल लामा योगि १९ वर्ष०, सिन्धुली, दुधौली नगरपालिका ८ निवासी, हाल काठमाडौंका चन्द्रागिरी नगरपालिका ८ बस्ने।

१२. मनोज तामाङ २६ वर्ष०, धादिङ, धार्के गाउँपालिका ४ निवासी, हाल काठमाडौंका चन्द्रागिरी नगरपालिका ५ बस्ने।

१३. राजिब नेपाली २४ वर्ष०, गोरखा, सिरानचोक गाउँपालिका ७ निवासी, हाल काठमाडौंका चन्द्रागिरी नगरपालिका १२ बस्ने।

१४. आयुसा वाईबा २१ वर्ष०, सिन्धुली, दुधौली नगरपालिका २ निवासी, हाल ऐ ५ बस्ने।

१५. मनिर लामिछाने २३ वर्ष०, ध्याङ्ले गाउँपालिका ५ निवासी, हाल ललितपुर नगरपालिका ४ बस्ने।

१६. प्रदिप सुनार ३५ वर्ष०, चितवन, खैरेनि नगरपालिका १ निवासी, हाल काठमाडौंका चन्द्रागिरी नगरपालिका १२ बस्ने।

१७. चण्डिका अधिकारी ३३ वर्ष०, धादिङ, गजुरी गाउँपालिका ८ निवासी, हाल काठमाडौंका चन्द्रागिरी नगरपालिका ५ बस्ने।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अन्तर्गत कारवाही गर्ने कार्य भइरहेको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ७ : ५३ बजे