Logo

मुख्य समाचार

भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुकार पराजुली विजयी



भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुकार पराजुली विजयी भएका छन् ।

स्ववियुको मंगलबार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा दुई ठूला दल निकटको विद्यार्थीको संयुक्त प्यानल विजयी भएको हो ।

अध्यक्षमा संयुक्त प्यालनको तर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानल विजयी भएको हो । सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुलीले ९४९ मतका साथ निर्वाचित भएका छन् ।

उनका निकतम प्रतिष्पर्धी संयुक्त प्यानल अखिल क्रान्तिकारी (समाजवादी) का आकाश गजुरेलले १४३ मत प्राप्त गरे ।
यसैगरी निकतम प्रतिष्पर्धी नेपाल क्रान्तिकारी विद्यार्थी संघका सुजी ह्यँगोजुले ७३५ मत प्राप्त गरे ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १० : २७ बजे