काठमाडौं । समाजवादी मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ । शनिबार पत्रकार समाजवादी मोर्चा, नेपालले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको जनाएको हो ।
मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ ।’
साथै मोर्चाले सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको जिकिर गरेको छ । यसैगरी समाजवादी मोर्चा, नेपालले काठमाडांैमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते संयुक्त विरोध आन्दोलन गर्ने जानकारी दिएको छ । आन्दोलन सफल पार्न सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु पत्रकार सम्मेलन मार्फत अपिल पनि गरेको छ ।
प्रतिक्रिया