काठमाडौं । हिमालय चेस एकेडेमीले पहिलो वार्षिकोत्सव मनाएको छ । शुक्रवार रोयल सिंगी होटलमा चेस प्रतियोगिता गर्दै पहिलो वार्षिकोत्सव मनाएका हो ।
उक्त समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पछिल्लो समय हरेक खेलमा व्यवसायिकरुपले एकेडेमीहरु सञ्चालन हुँदा खेल जगतमा नयाँ प्रतिभाहरु आएको बताएका छन् । उनले चेस पुरानो खेल भएको भन्दै चेस एकेडेमीले नयाँ प्रतिभाहरु उत्पादन गरेमा खुसी व्यक्त गरेका हुन् ।
उनले भने, ‘चेस नेपाली समाजको निकै पुरानो खेलको रुपमा हामी पाउछौ । यसको विकासलाई हेर्दा हाम्रो सांस्कृति र ऐतिहासीक विकासक्रमसँग सम्बन्ध रहेको देखिन्छ । पछिल्लो समय हरेक खेलमा व्यवसायिकरुपले एकेडेमीहरु सञ्चालन हुने र त्यहाँबाट नयाँ प्रतिभाहरु आउदा सवैभन्दा खुसी लाग्छ ।’ यस्तै,उक्त समारोहमा बोल्दै हिमालयन चेस एकेडेमीका संस्थापक मोनालिशा खम्बुले चेस एकेडेमी सञ्चालनमा समस्या धेरै भएपनि यसलाई निरन्तरता दिने बताइन् । उनले चेस खेलका लागि प्रायोजक नपाएर भविभावकलाई प्रायोजक बनाएको पनि बताइन् ।
प्रतिक्रिया