Logo

प्रदेश

मलाही टोलमा वडा कार्यालयको भवन बन्ने


२३ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

रौतहट । रौतहटको गरुडा नगरपालिका–३, मलाही टोलमा वडा कार्यालयको भवन बन्ने भएको छ । पुरानो भवन जीर्ण भई प्रयोगविहीन बनेपछि नगरस्तरीय बजेट रु. २५ लाखको लागतमा नयाँ चार कोठे भवन बन्ने लागेको  हो । उक्त भवनको निर्माणका लागि शुक्रवार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कलवारले शिलान्यास गरेका छन ।

नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले वडा कार्यालयको आफ्नो भवन निर्माणमा जोड दिएको उनले बताए । भाडाको घरमा रहेको वडालाई आफ्नो भवनमा सार्ने योजना अनुसार बजेट बिनियोजन गरिएको उनको भनाइ छ । उनका अनुसार गरुडा नगरपालिकाको कार्यालय पनि भाडाको घरवाट संचालन हुदै आएको बताउदै आफ्नो भवन बन्दै गरेको र अब छिटै सरिने छ । शिलान्यास कार्यक्रममा वडा अध्यक्ष अम्बिका सहनीले  पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माणमा जोड दिएको बताए ।वडा कार्यालयको भवन  बनाउनका लागि स्थानीय  पारस सहनी १ कठ्ठा १३ धुर जग्गा निःशुल्क दान गरेका हुन ।गरुडा नगरपालिकाका अनुसार भवनसम्म पुग्नका लागि १५ फिट चौडाई र २५० मिटर लम्बाइ भएको बाटोको व्यवस्थासमेत गरिएको छ।यस नयाँ भवन निर्माणले नगरवासीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास पालिकाले  लिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : ०९ बजे