Logo

Breaking News 1

माधव नेपाल खुसी पार्न गठबन्धन दलभित्र बजेट संशोधनको एजेण्डा उठ्यो



काठमाडौँ । सत्ता साझेदार दलहरुबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र कोशी प्रदेशमा देखिएको अन्यौलबारे निकास खोज्न पहल गर्ने निर्णय भएको छ ।

सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले यथास्थितीमा बजेट पारित गर्न सहयोग नगर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बोलाएका थिए । त्यसअघि सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसदहरुसँग समेत प्रधानमन्त्री दाहालले छलफल गरेका थिए ।

मंगलबारको छलफलपछि बजेटबारे देखिएको असन्तुष्टिलाई बजेटमा सक्नेजति मिलाउने र बजेट सच्याउन नसक्ने अबस्था भए कम बजेट परेका निर्वाचन क्षेत्रमा बजेटको व्यवस्था गर्ने विषयमा सहमति भएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १० : ३१ बजे