Logo

Breaking News 1

राष्ट्रियसभाको बैठक बस्दै, विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने


२३ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक पनि शुक्रबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे शुरु हुनेछ । राष्ट्रियसभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९–८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : ५४ बजे